खुलामञ्च छिर्न नदिएपछि मिटरब्याजपीडित सडकमै धर्नामा



काठमाडौं। महोत्तरीको बर्दिबासबाट हिँडेर मिटरब्याजी पीडित सोमबार काठमाडौं आइपुगेका छन् । चैत दुई गते बर्दिबासबाट हिँडेका उनीहरु सोमबार अपरान्ह काठमाडौं आइपुगेका हुन् ।

काठमाडौं आइपुगेका उनीहरु खुलामञ्चमा प्रवेश गर्न लाग्दा काठमाडौं महानगरका प्रहरीले अवरोध गरे । त्यसपछि मिटरब्याजी पीडित र महानगर प्रहरीबीच धकेलाधकेल भएको छ  ।


उनीहरु आउनुअघि नै महानगरले खुलामञ्चमा ताला लगाएको थियो । जबरजस्ती खुलामञ्च छिर्न खोजेपछि महानगर प्रहरीले उनीहरुलाई रोकेको हो ।

‘मिटरब्याजीलाई कारबाही गर, मिटरब्याजीको अवैध सम्पत्ति छानबिन गर, मिटरब्याजविरुद्ध कानुन निर्माण गर’ जस्ता प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रिएका छन् ।