कर्णालीका मुख्यमन्त्री शर्माले भोलि दोस्रो पटक विश्वासको मत लिँदै



सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले भोलि दोस्रो पटक विश्वासको मत लिने भएका छन् ।

मुख्यमन्त्रीको रूपमा माघ ६ गते पहिलो पटक विश्वासको मत लिएका शर्माले राप्रपाले समर्थन फिर्ता लिए पछि चैत १७ गते फेरि विश्वासको मत लिन लागेका हुन्।


उनले बुधबार कर्णाली प्रदेश सभामा विश्वासको मत लिने प्रयोजनका लागि पत्र दर्ता गराएको प्रदेश सभा सचिव जीवराज बुढाथोकीले जानकारी दिएका छन्। प्रदेश सभामा विश्वासको मत लिने प्रयोजनका लागि पत्र दर्ता भएको ४८ घण्टापछि विश्वासको मत लिनुपर्ने कानुनी व्यवस्था छ।

कर्णाली प्रदेश सरकारमा अहिले नेकपा एमाले र माओवादी सहभागी छ । केन्द्रमा सत्ता गठबन्धनमा भएको फेरबदलसँगै कर्णालीबाट पनि एमाले बाहिरिने करिब निश्चित जस्तै छ।