‘ए’ डिभिजन लिग : खुमलटारलाई हराउँदै सातदोबाटो शीर्षस्थानमा



काठमाडौं । एफसी खुमलटारलाई पराजित गर्दै सातदोबाटो युथ क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिगमा शीषस्थानमा उक्लिएको छ । खुमलटारलाई २–१ ले पराजित गरेपछि सातदोबाटोले एक खेल कम खेलेको चर्च ब्वाइज युनाइटेडलाई पछि पार्दै शीर्षस्थानमा उक्लन सफल भएको हो ।

यस जितसँगै शीर्षस्थानमा उक्लिएको सातदोबाटोको ५ खेलबाट १२ अंक पुगेको छ । एक खेल कम खेलेको चर्च ब्वाइजको १० अंक छ । पराजित खुमलटारको ५ खेलबाट ६ अंक छ ।


एन्फा कम्प्लेक्समा बिहीबारै भएको अर्काे खेलमा हिमालयन शेर्पा क्लब र संकटा क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । यस बराबरीले संकटाको ५ खेलबाट ६ अंक पुगेको छ । शेर्पाको ५ खेलबाट ५ अंक छ ।