मधेस प्रदेशमा माओवादी सहभागी, सुनिता यादव मन्त्री, रहबर अन्सारी राज्यमन्त्री नियुक्त



जनकपुर । नेकपा माओवादी केन्द्र मेधस प्रदेश सरकारमा सहभागी भएको छ । यसअघि मन्त्रालय भागबन्डामा असहमति जनाउँदै माओवादी सरकार नगएको माओवादी अन्ततः सरकारमा सहभागी भएको हो ।

मुख्यमन्त्री सरोजकुमार यादवले माओवादी केन्द्रबाट उद्योग वन तथा पर्यटन मन्त्रीमा सुनिता यादव र राज्यमन्त्रीमा रहबर अंसारीलाई नियुक्त गरेका हुन् । योसँगै अब मधेश सरकारले पूर्णता पाएको छ । यसअघि मुख्यमन्त्री यादवले पुस २९ गते तीनजना मन्त्री र माघ २० गते ६ मन्त्री र ३ राज्यमन्त्री नियुक्त गरेका थिए ।


अब मधेश सरकारमा मुख्यमन्त्री, १० मन्त्री र चार राज्यमन्त्रीसहित मन्त्रीमण्डलको संख्या १५ सदस्य पुगेको छ ।