संसद् भवन अगाडि एक युवकद्वारा आत्मदाहको प्रयास



काठमाडौँ । संघीय संसद् भवनअगाडि मंगलबार दिउँसो एक व्यक्तिले आफैंलाई आगो लगाएर आत्महत्याको प्रयास गरेका छन् ।

आत्मदाह प्रयास गर्ने युवक इलाम घर भएका प्रेम प्रसाद आचार्य भएको प्रहरीले जनाएको छ।  बानेश्वरबाट तीनकुने मार्गमा मुख्य सडककै बीचमा उनले पेट्रोल खन्याएर आफैंलाई आगो लगाएका हुन् ।


उनलाई प्रहरीले उद्धार गरेर उपचारका लागि बर्न अस्पताल कीर्तिपुर पठाइएको छ । आत्मदाह प्रयास गर्नुको कारण खुल्न नसकेको भन्दै प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ।