लुम्बिनीका सभामुख र उपसभामुखले लिए शपथ



बुटवल । लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती र उपसभामुख मेनुका खाण केसीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

मंगलबार प्रदेश सभा बैठकबाट निर्विरोध निर्वाचित भएका घर्ती र खाणले बुधबार बुटवलमा रहेको प्रदेश प्रमुखको कार्यालयमा बुधबार शपथ ग्रहण गरेका हुन्।


सभामुख घर्तीले प्रदेश प्रमुख अमिक शेरचनबाट सपथ लिएका थिए। उपसभामुख खाणलाई सभामुख घर्तीले शपथ ग्रहण गराएका थिए।

शपथ ग्रहण समारोहमा मुख्यमन्त्री लीला गिरी, मन्त्रीहरू, सांसदहरू र प्रमुख सचिवसहित विभिन्न मन्त्रालयका सचिवहरूको सहभागिता रहेको थियो।