महाकालीमा एकतर्फी तटबन्धन बनाएको विषयमा नेपालले पठायो भारतलाई कूटनीतिक नोट



काठमाडौँ । नेपाल सरकारले भारतलाई महाकालीको बहाव नेपालतर्फ धकेलेर भारतले अनधिकृत पक्की संरचना बनाएको विषयमा कूटनीतिक नोट पठाएको छ ।

परराष्ट्रका एक अधिकारीका अनुसार परराष्ट्र मन्त्रालयले काठमाडौंस्थित भारतीय राजदूतावासलाई मंगलबार दिउँसो कूटनीतिक नोट पठाएको हो ।


परराष्ट्रले भारतलाई पठाएको कूटनीतिक नोटमा नेपालको सहमतिबिना संरचना निर्माण गरिएको र यसबाट नेपालतर्फ क्षति पुगेको उल्लेख गरिएको छ । नोटमा सीमा क्षेत्रमा संरचना बनाउनुपरेको खण्डमा दुबै मुलुकको सहमति र समन्वय हुनपर्ने समेत उल्लेख छ ।

यसका साथै, सीमा क्षेत्रमा यस्ता घटना नदोहोरियोस् भन्ने उद्देश्यले कूटनीतिक रुपमा दीर्घकालीन समाधान खोज्नुपर्ने नोटमा उल्लेख छ ।