![](https://exclusivenewstime.com/wp-content/uploads/2021/06/bhetghat-ad.gif)
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/07/MAYA-GIF.gif)
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार मस्को मलको आपूर्ति विस्तार गर्न तयार रहेको र यस क्षेत्रका सबै साझेदारसँग मिलेर काम गर्न तयार रहेको बताएका छन् । “रूसी मलको निर्यातमा केही देशहरूले कृत्रिम अवरोधहरू सिर्जना गरेका छन्, जसले विश्व बजारमा नकारात्मक प्रभाव पारिरहेको छ,” पुटिनले खनिज उत्पादन र व्यापार आयोगका अध्यक्ष दिमित्री माजेपिनसँगको भेटमा भने ।
विभिन्न रूसी कम्पनीहरूले उत्पादन गरेका चार लाख टनभन्दा बढी मल प्रतिबन्धका कारण युरोपेली बन्दरगाहहरूमा हाल थुनिएको भेटमा माजेपिनले पुटिनसँग बताए । उनले भने, “यो अवस्था वास्तवमै कठिन छ । सबै कम्पनीले यो समस्या भोगिरहेका छन् । हामीले विभिन्न तरिकाले समस्या समाधान गर्ने प्रयास गर्यौं ताकि विशेष गरी अफ्रिकी देशहरूसहित विकासशील बजारहरूको लागि बनाइएको मलहरू आपुर्ति गर्न सकियोस् ।”
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/12/RATO-MATO.gif)
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/12/manakamana.jpg)
रुसी अधिकारीहरू संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेस र विभिन्न अफ्रिकी देशका नेताहरूसँग सम्पर्कमा रहेको पुटिनले बताएका छन् ।
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/12/EVEREST.gif)