दार्चुलाबाट कांग्रेसका दिलेन्द्रप्रसाद बडू निर्वाचित



दार्चुला । दार्चुलाबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका दिलेन्द्रप्रसाद बडू निर्वाचित भएका छन् ।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री समेत रहेका बडूले नेकपा एमालेका उम्मेदवार गणेश सिंह ठगुन्नालाई २ हजार १३४ मतले पराजित गर्दै निर्वाचित भएका हुन् ।


बडूले २८ हजार ५१५ मत प्राप्त गरे भने उनका निकटतम प्रतिस्पर्धी ठगुन्नाले २६ हजार ३८१ मत पाएका छन् ।