अफगानिस्तानले एक करोड ७० लाख अमेरिकी डलर लिलाम गर्ने



अफगानिस्तानको केन्द्रीय बैंक (डीएबी) ले राष्ट्रिय मुद्राको विनिमय दर लाई स्थिर गर्ने प्रयासको एक भागको रूपमा १७ मिलियन अमेरिकी डलर लिलाम गर्ने निर्णय गरेको छ । विगत केही सातादेखि विदेशी मुद्रा विशेषगरी अमेरिकी डलरको तुलनामा अफगानिस्तानको मुद्रा अफगानी मुद्रामा गिरावट आएको छ ।

गत साता एक अमेरिकी डलरको विनिमय दर ८८ अफगानी थियो भने मङ्गलबार स्थानीय मुद्रा सटही बजारमा यो दर ८९ अफगानी थियो । विगत केही महिनायता सङ्कटग्रस्त अफगानिस्तानको केन्द्रीय बैंकले विदेशी मुद्राको तुलनामा अफगानीको अवमूल्यन रोक्नका लागि देशको मुद्रा परिवर्तन गर्ने बजारमा लाखौं अमेरिकी डलर भित्राएको छ ।


युद्धग्रस्त एसियाली मुलुक अफगानिस्तानको अर्थतन्त्रलाई स्थायित्व प्रदान गर्न अन्तर्राष्ट्रिय समुदायको मानवीय सहायताअन्तर्गत गत वर्ष एक अर्ब ५० करोड अमेरिकी डलरभन्दा बढी नगद प्राप्त गरेको छ ।