४३ डिएसपीको काज सरूवा



काठमाडौँ । नेपाल प्रहरीका ४३ जना प्रहरी नायब उपरीक्षक (डिएसपी) को काज सरूवा भएको छ ।

प्रहरी प्रधान कार्यालयले दरबारमार्ग, बौद्ध, बानेश्वर, गौशाला, लैनचौर, महाराजगन्ज प्रहरी कार्यालयमा कार्यरत प्रहरी नायब उपरीक्षकहरूको काज सरूवा गरेको हो ।


उनका अनुसार कोपिला चुडाँलको दरबारमार्ग, हरिबहादुर बस्नेतको बौद्ध, निशान्त श्रीवास्तवको बानेश्वर, संजिबबहादुर खड्काको गौशाला, गणेशबहादुर बमको लैनचौर वृत्तमा सरूवा भएको छ।