सन्दिप लामिछानेको पुनरावेदन मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा



काठमाडौं । सन्दिप लामिछानेको पुनरावेदन मुद्दा हेर्न नमिल्ने सूचीमा परेको छ । उच्च अदालत पाटनका मुख्य न्यायाधीस नृपध्वज निरौला र न्यायाधीश दुर्गाप्रसाद ढुंगेलको इजलासमा पेशी तोकिएको उक्त मुद्दा हेर्न नमिल्ने सूचीमा राखिएको हो ।

बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट दोषी ठहर भएका लामिछाने पुनरावेदन गएका थिए । पुनरावेदन गएपछि अघिल्लो पेशीमा मुख्य न्यायधीश निरौलाले नै झगडिया झिकाउने आदेश दिएका थिए । झगडिया झिकाउने आदेश दिने न्यायाधीशले स्वार्थ बाझिने भन्दै अर्को सुनुवाइ नगर्ने अभ्यास छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here