यमनमा थप दुई महिना युद्धविराम, विश्व समुदायद्वारा स्वागत



यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकार र हुथी लडाकू (मिलिसिया) ले युद्धग्रस्त अरब देशमा जारी राष्ट्रव्यापी युद्धविरामको समय थप गरिएकोमा विश्व समुदायले स्वागत गरेको छ । यमनका लागि संयुक्त राष्ट्रसंघका विशेष दूत हान्स ग्रुण्डबर्गले मंगलबार यमनमा युद्धविरामको समय थप दुई महिना लम्बाइएको घोषणा गरेका थिए ।

“यमनी युद्धरत पक्षहरूले अगष्ट २ देखि अक्टोवर २ सम्म थप दुई महिनाका लागि सोही शर्तअनुसार यो सहमति जनाएका छन्,” मंगलबा ग्रुण्डबर्र्गले जारी गरेको वक्तब्यमा भनिएको छ । उक्त घोषणापछि, एडेनमा रहेको यमन सरकारले युद्धविराम सम्झौता विस्तारलाई स्वागत गरेको थियो । “यस युद्धको प्रमुख उद्देश्य हुथी मिलिशियाद्वारा सुरु भएको युद्धका कारण भएको रक्तपात रोक्नु, नागरिकहरूको स्वतन्त्रता कायम गर्नु र यमनभरि सामान तथा मानवीय सेवाहरू ओसारपसार गर्नु हो,” यमन सरकारले मंगलबार विदेश मन्त्रालयको वेबसाइटमा पोस्ट गरिएको विज्ञप्तिमा उल्लेख छ ।


सरकारले सम्झौताको पूर्ण कार्यान्वयनलाई ध्यान दिने बताएको छ । त्यसैगरी, हुथी वार्ता प्रतिनिधिमण्डलका प्रमुख मोहम्मद अब्दुल–सलामले आफ्नो ट्वीटर अकाउन्टमा लखेका छन्, “ओमानको सुल्तानेटमा लामो प्रयासपछि सम्झौता नवीकरण गरिएको छ ।” उनले थपे, “संयुक्त राष्ट्रसंघले पारिश्रमिक दिने, विमानस्थल र बन्दरगाह खोल्ने र नाकाबन्दीको अन्त्य गर्ने विषयमा संयुक्त राष्ट्रसंघको सघन कार्यको महत्वलाई हामी दोहो¥याएका छौँ, किनकि मानवीय मुद्दाहरु यमनी जनताको प्राकृतिक अधिकार हो ।” संयुक्त राष्ट्रसंघले मध्यस्थता भएको यो युद्धविराम सम्झौता गत अप्रिल २ मा लागू भएको थियो भने मङ्गलबार सकिँदै थियो ।