उड्ने बितिक्कै इन्जिनबाट धुवाँ निस्केपछि श्री एयरको जहाज आकस्मिक अवतरण



नेपालगञ्ज । नेपालगञ्जबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको जहाज नेपालगञ्ज विमानस्थलमा आकस्मिक अवतरण गराइएको छ । उडेको केहीबेरमै जहाजको बायाँ इन्जिनमा धुवाँ देखिएपछि जहाज नेपालगंज विमानस्थलमा अवतरण गराइएको नेपालगन्ज विमानस्थलका प्रमुख सुरेश खनालले जानकारी दिएका छन् ।

उनकाअनुसार जहाज नेपालगञ्ज विमानस्थलबाट बिहान ९ बजेर ४९ मिनेटमा उडेको थियो । बायाँ इन्जिनमा समस्या देखिएपछि ९ बजेर ५६ मिनेटमा सोही विमानस्थलमा अवतरण गराइएको हो । जहाजमा चालक दलका ४ सदस्यसहित ८३ जना यात्रु थिए । जहाजमा सबै यात्रु सकुशल रहेका र सबैलाई बाहिर निकालिएको छ।