इरानी सैन्य सल्लाहकार सिरियामा मारिए



सिरियामा इरानको इस्लामिक रिभोलुसन गार्ड्स कोरका एक वरिष्ठ सदस्यको मृत्यु भएको सरकारी स्वामित्वको प्रेस टिभीले मङ्गलबार जनाएको छ ।

युद्धग्रस्त देशमा सैन्य सल्लाहकारको रूपमा काम गरेका अबोलफजल अलीजानीको सोमबार बिहान मृत्यु भएको बताइएको छ। अलिजानीको शव केही दिनमा इरानमा पुर्याइने छ। घटना बारे थप विवरण भने सार्वजनिक गरिएको छैन ।


इरानले सन् २०११ देखि सिरियाली सरकारको अनुरोधमा सिरियामा आफ्ना सैन्य सल्लाहकारहरूको उपस्थिति रहेको पुष्टि गरेको छ।