माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दै



काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक आज बस्दैछ। महाधिवेशन सम्पन्न भएपछि धेरै पटक सर्दै आएको केन्द्रीय समितिको बैठक आज बस्न लागेको हो ।

यस अघि पुस १९ गते सम्पन्न केन्द्रीय समितिको पहिलो बैठकले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सर्वसम्मत रूपमा अध्यक्ष चयन गरेको थियो। तर हालसम्म अध्यक्षबाहेकका अन्य पदाधिकारी यन हुन सकेका छैनन् ।


आजको बैठकको कार्यसूचीमा केन्द्रीय समितिको पूर्णता, पदाधिकारी चयन, पोलिटब्युरो र स्थायी समितिको चयन र कार्यविभाजन रहेकाे बताइएकाे छ ।