काठमाडौँको केएमसी स्कुलमा कर्मचारी मृत फेला



काठमाडाैँ । काठमाडौँको बुद्धनगरस्थित केएमसी स्कुलकाे होस्टलमा कर्मचारी मृत अवस्थामा भेटिएकी छिन् । काभ्रे घर भएकी २१ वर्षीया रमा रायमाझी गएराति मृत अवस्थामा फेला परेकी हुन् ।

स्कुलको चमेना गृहमा काम गर्ने रायमाझीको शव छात्रावास नजिकै झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। तर आफन्तहरूले भने उनको हत्या भएको भन्दै शव उठाउन दिएका छैनन्।


घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।