मधेस प्रदेशसभाबाट दुई विधेयक सर्वसम्मत पारित



जनकपुर । मधेस प्रदेशसभाको बैठकले दुई वटा विधेयक सर्वसम्मतले पारित गरेको छ ।

आजको प्रदेशसभा बैठकमा मधेस प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले प्रस्तुत गरेकाे प्रदेश सञ्चार ऐन, २०७७ लाई संशोधन गर्न बनेको विधेयक र संस्था दर्ता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मतले पारित भएको हो ।


बैठकमा दुवै विधेयक सर्वसम्मतले पारित भएको सभामुख सरोजकुमार यादवले घोषणा गरेका थिए । विधेयक पारित गर्न आवश्यक गणपुरक सङ्ख्या नरहेकाले विधेयक पारितको प्रस्ताव रोक्न प्रमुख प्रतिपक्षी दलका प्रदेशसभा सदस्यहरुले आवाज उठाएपछि सभामुख यादवको निर्देशनमा प्रदेशसभा सदस्यको गणना गरिएको थियो ।