विराटनगरको कार्यपालिकाको निर्वाचन २१ गते



माेरङ । मोरङ जिल्ला मुख्य निर्वाचन अधिकृत कार्यालयले विराटनगर महानगरपालिकाको कार्यपालिका कार्यपालिका सदस्यहरूको निर्वाचन यही जेठ २१ गते बिहान १० देखि २ बजेसम्म हुने जनाएको छ ।

रेडक्रस भवनमा हुने निर्वाचनबाट महानगरपालिकाका प्रमुख, उपप्रमुख, १९ वडा अध्यक्ष, महिला, दलित र खुल्ला सदस्य गरी ९७ जना मतदाता रहेका छन् ।


कार्यपालिकाको पाँचजना महिला सदस्यहरूका लागि निर्वाचित जनप्रतिनिधि हुनुपर्ने छ भने तीनजना दलित तथा अल्पसङ्ख्यक सदस्यका लागि महानगरपालिकाको मतदाता हुनुपर्ने व्यवस्था रहेको छ ।