फरार प्रतिवादीलाई १७ वर्षपछि साउदी अरबबाट नेपाल ल्याइयो



काठमाडौँ । प्रहरीले घटनाको १७ वर्षपछि उदयपुरमा भएको हत्या घटनाका अभियुक्तलाई साउदी अरबबाट नेपाल ल्याएको छ । अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल) को काठमाडौं शाखाबाट खटिएको टोलीले हत्या अभियुक्त गोविन्द मगरलाई साउदी अरब पुगेर बुधबार राति नेपाल ल्याएको हो ।

प्रहरीका अनुसार अभियुक्त मगरले १३ मंसिर २०६१ मा उदयपुरका मानबहादुर तामाङको हत्या गरेका थिए । उनीबिरुद्ध जीतबहादुर तामाङले जाहेरी दिएका थिए ।


जिल्ला अदालत उदयपुरबाट पक्राउ पूर्जी जारी भएर इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाको अनुरोधमा प्रहरीले इन्टरपोल महासचिवालयलाई पत्र लेखेको थियो । महासचिवालयले मगरको खोजीका लागि २६ माघ २०७७ मा रेड नोटिस जारी गरेको थियो । ।