थप ११ हजार ३५२ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ११३५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ११३५२ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता समीर कुमार अधिकारीले बुधबार भएको संक्रमण पुष्टि हालसम्मकै उच्च भएको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए । उनका अनुसार कुल २३ हजार ४०९ वटा नमुना परीक्षण गर्दा ११ हजार ३५२ जनामा संक्रमण पुष्टि भएको उनले बताए । 


संक्रमित मध्ये ६३४३ जना काठमाडौं उपत्यकाका छन् ।उपत्यकामा भक्तपुरमा ५७८, ललितपुरमा १ हजार १९ र  काठमाडौंमा ४ हजार ६६६ जना गरी ६ हजार ३४३ जना संक्रमित भएका छन् । 

त्यस्तै पछिल्लो २४ घण्टामा ६१३ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९५.२ प्रतिशत रहेको जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप चार जनाको मृत्यु भएको छ ।

अहिले देशभर ४६ हजार ५१५ जना होम आइसोलेसनमा र एक हजार ४१४ जना संस्थागत आइसोलेसनमा छन्। तीमध्ये १६९ जना आईसीयूमा र २८ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

त्यसैगरी सरकारले पीसीआर परीक्षणको शुल्क घटाएको छ । मन्त्रालयका अनुसार सरकारी स्वास्थ्य संस्थामा पीसीआर परीक्षणको शुल्क आठ सय रुपैयाँ र निजीमा १५ सय रुपैयाँ शुल्क तोकिएको छ ।