अध्यक्ष प्रचण्डद्वारा २३६ सदस्यीय केन्द्रीय सदस्यको नाम प्रस्ताव

sf7df8f}F, !* k'; . g]skf -dfcf]jfbL s]G›_sf] cf7f}+ /fli6«o dxflwj]zgsf] cf7f}+ lbgsf] aGb;qnfO{ ;Daf]wg ub}{ kf6L{sf cWoIf Pj+ k"j{ k|wfgdGqL k'iksdn bfxfn …k|r08Ú . t:jL/ M /Tg >]i7, /f;;


काठमाडाैँ । नेकपा(माओवादी केन्द्र)को आठौँ राष्ट्रिय सम्मेलनको आठौँ दिन आज अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २३६ जनाको केन्द्रीय समिति सदस्यको नाम प्रस्ताव गरेका छन् ।

कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको हलमा जारी बन्दशत्रमा विभिन्न क्लस्टरसहित २३६ जनाको नाम प्रस्ताव गरेका हुन् । माओवादीको केन्द्रीय समिति २९९ सदस्यीय हुने व्यवस्था छ । बाँकी ६३ सदस्य भने केन्द्रीय समितिको बैठकले मनोनयन गर्ने कार्यतालिका छ । यस्तै, माओवादीको पदाधिकारी १५ सदस्यी हुने व्यवस्था गरिएको छ ।


सर्वसहमतिका आधारमा विभिन्न चरणको छलफलका आधारमा अध्यक्ष प्रचण्डले केन्द्रीय सदस्यको नाम घोषणा गर्नुभएको केन्द्रीय प्रचार तथा प्रकाशन विभागले जनाएको छ । अध्यक्षले गरेकाे प्रस्तावलाई बन्दशत्रले पारित गर्नुपर्नेछ ।