भ्याकुम लगाएर एमाले सक्ने सपना नदेख्न ओलीको आग्रह



नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कसैले चाहँदैमा एमालेलाई सिध्याउन नसक्ने बताएका छन् । बिहीबार भक्तपुरमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले कुनै एक व्यक्तिले चाहँदैमा एमाले सिध्याउन नसक्ने बताएका हुन् । उनले कांग्रेस नेता गगन थापालाई लक्षित गर्दै भ्याकुम लगाएर एमाले सक्ने सपना नदेख्न आग्रह गरे ।

बुधबार कांग्रेस नेता थापाले भक्तपुरको एक कार्यक्रममा आगामी निर्वाचनमा एमालेलाई भक्तपुरबाट क्लिन स्वीप गर्ने बताएका थिए । अध्यक्ष ओलीले भने, ‘एकजना बाबुले भ्याकुम लिएर भक्तपुर तिर आउने र भ्याकुम क्लिनरबाट एमाले सिध्याउने कुरा गरेछन् । भ्याकुम क्लिनर ल्याएर एमाले सक्ने रे, विचरा, एमाले सिध्याउने भ्याकुम क्लिनर रे, सिंगै काग्रेस कहाँ गयो ?’


अध्यक्ष ओलीले माओवादी अध्यक्ष प्रचण्डलाई नेपाललाई कुरु क्षेत्र बनाउने सपना नदेख्न पनि आग्रह गरे । उनले १७ हजार नेपाली जनतालाई मारेको र त्यसलाई ठेगान लगाएरै एमालेले सरकार चलाएको अवगत गराउँदै नेपाललाई धर्म क्षेत्र, शान्ति क्षेत्र र विकास क्षेत्र बनाउने बताए ।

अध्यक्ष ओलीले आफूलाई माओवादी अध्यक्ष प्रचण्डले गणतन्त्र सक्न खोजेको आरोप लगाएकोप्रति आपत्ति जनाए । उनले प्रचण्डले गणतन्त्रको नाम लिनुभन्दा २५ वर्षअघि गणतन्त्रका लागि आफू लडेको बताए ।