चीनको एक कारखनामा भएको आगलागीमा छ जनाको मृत्यु



१९ भदाै । पूर्वी चीनको एक कारखानामा शुक्रबार साँझ भएको आगलागीमा परेर कम्तीमा पनि छ जनाको ज्यान गएको छ । स्थानीय सञ्चारमाध्यमले सो आगलागीमा परेर छ जनाको ज्यान गएको र अरु केही घाइते भएका बताएका छन् । पूर्वीचीनको जेङ चियाङ प्रान्तमा रहेको एक कारखानामा सो दुर्घटना भएको समाचारमा जनाइएको छ ।

शुक्रबार अपराह्न ४ बजे सो दुर्घटना भएको यहाँका स्थानीय अधिकारीले जनाएका छन् । कारखानामा आगलागी भएपछि यसका सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सो आगलागीको कारण भने थाहा हुन नसकेको र यस विषयमा अनुसन्धान जारी रहेको अधिकारीले जानकारी दिएका छन् ।