शशांक निवासमा कोइराला परिवारको ‘लन्‍च मिटिङ’



काठमाडौँ- सत्तारूढ नेपाली कांग्रेसको महाधिवेशन नजिकिँदै गर्दा कोइराला परिवार साझा उम्मेद्‍वार बनाउन सक्रिय छ । शनिबार कोइराला परिवारका शशांक कोइराला, शेखर कोइराला र सुजता कोइरालाबीच शंशाक निवासमा ‘लन्च मिटिङ’ गरेका छन् ।

शशांक, शेखर र सुजता आफु सभापतिको उम्मेद्‍वार बन्‍न लविङ गरिरहेको अवस्थामा उनीहरूबीच छलफल भएको हो । ‘अहिले तीनमध्य एक जना मात्रै सभापतिको उम्‍मेद्‍वार हुन छलफल भयो’ उनीहरू निकट एक नेताले भने ‘करिबकरिब सहमति नजिक छौँ ।’ उनीहरूले एक मात्र उम्‍मेद्‍वार घोषणा गर्न ढिला गर्न नहुने पनि बैठकमा छलफल भएको थियो ।



बैठकमा क्रियाशील सदस्यताबारे पनि छलफल भएको थियो । ‘बैठकमा क्रियाशील सदस्यतामा संस्थापन पक्षले एकलौटी गरेको बारे पनि छलफल’ ति नेताले भने ।