विन्दुकान्त घिमिरे

मधेसी समुदायको पक्षमा राजनीति गर्दै आएको जनता समाजवादी पार्टी (जसपा) का दुवै पक्ष औपचारिक विभाजनका लागि सहमत भएका छन् । नेपालको राजनीतिमा मधेसीदलको इतिहास धेरै लामो छ । सबै भन्दा धेरै पटक एकीकरण तथा विभाजन भएको दलका रुपमा पनि मधेसीदलले इतिहास कायम गरेको छ ।
जसपाको उपेन्द्र यादव र डा. बाबुराम भट्टराईको समुह प्रतिगमन सच्याउने भन्दै विपक्षी गठवन्धनमा सामेल छ । महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष मधेसीमुद्दा संवोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली तयार भएको भन्दै सत्ता सहकार्यमा सामेल छ ।
जसपाका दुवै पक्षले समानान्तर गतिविधि गर्दै एक अर्कालाई कारवाहीको घोषणा गरेको महिनौ विते पनि औपचारिक विभाजनको टुंगो लागेको थिएन । कुन पक्ष आधिकारिक हो ? भन्ने विवाद निर्वाचन आयोगले टुगो लगाउन नसक्दा विभाजनले औपचारिकता पाउन सकिरहेको छैन ।
जसपाको ५१ सदस्यीय कार्याकारी समितिमा यादव समुहका ३० जना छन् । ठाकुर समुका १८ जना छन् । २ जना तटस्थ छन् । विघटित प्रतिनिधिसभाको संसदीयदलमा रहेका २१ मध्ये २० जना ठाकुर समुहमा छन् । ठाकुर स्वयंम कार्याकारी समितिको प्रथम अध्यक्ष हुन् । यही अवस्थाका कारण कुन पक्ष आधिकारिक हो ? भन्ने टुंगो लाग्न नसक्दा पार्टी विभाजनले औपचारिकता पाउन नसकेको हो ।

यही अन्योलका वीच निर्वाचन आयोगले मंगलबार दुवै पक्षलाई बोलाएर छलफल गरेको छ । छलफलका क्रममा दुवै पक्ष सहमतिका आधारमा पार्टी विभाजन गर्न राजी भएका छन् । पार्टीको नाम र चुनाव चिन्ह कसले पाउँछ ? भन्ने टुंगो लागेको छैन । यो जिम्मेवारी निर्वाचन आयोगको काँधमा पुगेको छ ।

इतिहास हेर्ने हो भने लगातार पाँच वर्ष कुनै पनि मधेसीदलले निरन्तरता पाउन सकेको देखिँदैन । २०१५ सालमा पहिलो आम निर्वाचनको घोषणा भए पछि नेपाली कांग्रेसका कार्यकर्ता वेदानन्द झाको अध्यक्षतामा तराई कांग्रेस गठन भएको थियो । जसको महासचिव रामजनम तिवारी थिए । आम निर्वाचनमा १७ वटा निर्वाचन क्षेत्रमा तराई कांगसले उमेद्वार खडा गरेको थियो । तर एउटा निर्वाचन क्षेत्रमा पनि जमानत जोगाउन सकेन ।
२०१७ सालमा संसदीय व्यवस्था विघटन गरिए पछि अध्यक्ष झा सहितको ठूलो हिस्सा पंचायत प्रवेश ग¥यो । महासचिव तिवारीले केही समय पार्टीलाई निरन्तरता दिन खोजे, तर सकेनन् । उनी निक्रिय बसे । २०३७ सालको जनमत संग्रह पछि नेपाली कांग्रेसबाट छुट्टिएर गजेन्द्र नारायण सिंहले सद्भावना परिषद भन्ने सामाजिक संस्था खोले । आवरणमा सामाजिक संस्था देखिए पनि वास्तवमा यो राजनीतिक संगठन थियो । त्यही संगठनका आडमा उनले पंचायतकालमा रापंसको चुनाव जिते ।
२०४६ सालको परिवर्तन पछि सद्भावना परिषद सद्भावना पार्टीमा रुपान्तरण भयो । जसको महासचिव थिए रामजनम तिवारी । हृदयेश त्रिपाठी लगायत मरिचमान सिंहका करिव एक दर्जन कार्यकर्ताहरु पनि सद्भावना पार्टीमा सामेल भए । २०४८ सालको आम निर्वाचनमा ४ वटा सिट जित्दै सद्भावना पार्टी राष्ट्रिय मान्यता प्राप्त पार्टी बन्यो । एक वर्ष नवित्दै महासचिव तिवारी सहितको समुह बाहिरियो । २०५१ सालको आम निर्वाचन पछि हृदयेश त्रिपाठी , राजेन्द्र महतो लगायतले अलग पार्टी गठन गरे । २०६३ सालसम्म आइपुग्दा सद्भावना पार्टी ६ वटा टुक्रामा विभाजित भयो ।
यता माओवादीबाट निकालिएका उपेन्द्र यादव र नेपाली कांग्रेसबाट निकालिएका जयप्रकास गुप्ताले मधेसीजनाधिकार फोरम नामको गैर सरकारी संस्था गठन गरेर मधेसी राजनीति सुरु गरे । अन्तरिम संविधान जारी भएको भोलिपल्ट देखि सुरु भएको मधेसी आन्दोलनले फोरामलाई एकाएक उचाईमा पु¥यायो । तराईको सशक्त पार्टीका रुपमा फोरम देखा प¥यो । फोरमको एकलौटी वर्चश्वलाई चुनौति दिँदै तत्कालिन सद्भावना पार्टीका नेताहरु र कांग्रेसका कोषाध्यक्ष महन्थ ठाकुरले तमलोपा नामक छुट्टै मधेसीदल गठन गरे ।
२०६४ सालमा सम्पन्न आम निर्वाचनमा यी दुवै पार्टीले उल्लेख्य सिट हासिल गरे । सत्ताको साँचो यी दुई पार्टीका रह्यो । उपराष्ट्रपति पद हात पारे । थुप्रै नेताहरु उपप्रधानमन्त्री सहति मन्त्री बने । तर पार्टीलाई गति दिन सकेनन् । दुवै पार्टीमा विभाजनले निरन्तरता पाइरह्यो । मधेसी पार्टीको संख्या ९ वटा पुग्यो ।
गत आम निर्वाचनमा फेरी धु्रविकरण भएर २ वटामा झ¥यो । ती दुई वटा पार्टी एक वर्ष अघि अर्थात २०७७ असारमा एकीकरण भई जनता समाजवादी पार्टी (जसपा)बनेको थियो । तर जसपा एक वर्ष पनि टिकेन ।
२०१५ सालदेखिको इतिहास हेर्ने हो भने मधेसी जनताको हितका लागि भन्दै पार्टी गठन गरेर जनमत बटुल्ने तर मौका पाउने वित्तिकै सत्ता स्वार्थमा चुर्लम्म डुवेर आफ्ना एजेण्डा छाड्ने गरेको देखिएको छ । तर संघीयता , समानुपातिक समावेशिता लगायतका उपलव्धी भने मधेसीदलका उपज हुन् ।