नेपालमा थप २९७९ जना सङ्क्रमित, १३३३ सङ्क्रमणमुक्त



२३ असार । नेपालमा गत २४ घण्टामा थप २ हजार ९७९ जनामा काेराेना भाइरस सङ्क्रमण पुष्टी भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । कुल ११ हजार ८९८ जनाकाे परीक्षण गर्दा साे संख्यामा सङ्क्रमण पुष्टी भएकाे हाे।

साे अवधिमा १ हजार ३३३ जना काेराेना सङ्क्रमणमुक्त भएकाे मन्त्रालयले जनाएकाे छ। यस संगै सङ्क्रमणमुक्त हुनेकाे कुल संख्या ६१४३२७ पुगेकाे छ । नेपालमा काेराेना सङ्क्रमण निकाे हुने दर ९४.५ प्रतिशत रहेकाे छ ।


पछिल्लाे २४ घण्टामा २८ जनाकाे काेराेना सङ्क्रमणका कारण मृत्यु भएकाे छ । यस संगै काेराेना सङ्क्रमणका कारण मृत्यु हुनेकाे कुल संख्या ९ हजार २९१ पुगेकाे छ।