नेपालमा थप २२३९ जना सङ्क्रमित, १३१६ सङ्क्रमणमुक्त



२५ असार । गत २४ घण्टामा नेपालमा थप २ हजार २३९ जनामा काेराेना सङ्क्रमण पुष्टी भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । कुल ११ हजार ३१३ जनामा परीक्षण गर्दा साे संख्यामा सङ्क्रमण पुष्टी भएकाे हाे ।

यस्तै पछिल्लाे २४ घण्टामा १ हजार ३१६ जना काेराेना सङ्क्रमणमुक्त भएकाे मन्त्रालयले जनाएकाे छ। याे संगै हालसम्म सङ्क्रमणमुक्त हुनेकाे कुल संख्या ६ लाख १६ हजार ९२९ पुगेकाे छ । नेपालमा सङ्क्रमणमुक्त हुने दर ९४.५ प्रतिशत रहेकाे छ ।


यस्तै गत २४ घण्टामा २० जनाले काेराेना सङ्क्रमणका कारण ज्यान गुमाएका छन् । याे संगै काेराेना सङ्क्रमणका कारण ज्यान गुमाउनेकाे कुल संख्या ९ हजार

३४० पुगेकाे छ ।