साउनदेखि नयाँ दर्ता र नवीकरण हुने सवारीमा इम्बोस्ड प्लेट अनिवार्य



११ असार, काठमाडौं । सरकारले साउन १ देखि नयाँ दर्ता हुने र ब्लुबुक नवीकरण गर्ने सवारीमा इम्बोस्ड नम्बर प्लेटको जडानलाई अनिवार्य गर्ने भएको छ । नयाँ दर्ता हुने र नवीकरण गरिने सवारीलाई यो प्रणाली लागू गरिने  यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले जानकारी दिए ।

विभागले नामाकरण भइसकेका प्रदेशहरुमा इम्बोस्ड जडानको तयारी अघि बढाएको हो । अहिलेसम्म बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको नामाकरण भइसकेको छ भने प्रदेश १ र २ को नाम टुंगिन बाँकी छ ।


सरकारले इम्बोस्ड प्लेट जडान गर्न तोकेको शुल्क यसप्रकार छ :

सवारीशुल्क
दुईपांग्रे सवारी२५ सय रुपैयाँ
टेम्पोलगायत तीनपांग्रे साना सवारीदुई हजार ९ सय रुपैयाँ
 कार, जिप, भ्यान र ट्रयाक्टरलगायत चारपांग्रे सवारी३२ सय रुपैयाँ
ठूला सवारी३६ सय रुपैयाँ