वेल्स र स्विट्जरल्याण्डले बाँडे अंक



युरो २०२० अन्तर्गत शनिबार भएको खेलमा वेल्स र स्विट्जरल्यान्डले बराबरी खेलेका छन्।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा पहिले अग्रता स्विट्जरल्यान्डले लियो। खेलको ४९औं मिनेटमा ब्रिल एम्बोलोले गोल गर्दै स्विट्जरल्याण्डलाई अग्रता दिलाएका थिए । वेल्सका मूरेले खेलको ७४ मिनेटमा बराबरी गोल फर्काएका थिए।