युरो कपमा इटालीको विजयी सुरूवात



युरो २०२० मा इटालीले विजयी सुरूवात गरेको छ। शुक्रबार राति भएको उद्घाटन खेलमा इटालीले टर्कीलाई ३-० गोलले पराजित गर्‍यो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५३ मिनेटमा टर्कीका डेमिरलले आफ्नै पोस्टमा गोल गरेका थिए।


खेलको ५३ औँ मिनेटमा आत्मघाति गोलको मद्धतमा इटालीले सुरुवाती अग्रता बनायो। ६६ औं मिनेटमा चिरो इम्मोबिलेले गोल गर्दै इटालीको अग्रता दोब्बर पारे। ७९ औं मिनेटमा लोरेन्जो इन्सिग्नेले गोल गर्दै इटालीलाई ३–० ले सहज रुपमा अघि बढाएका थिए।