पाकिस्तानमा दुई रेल एक आपसमा ठोक्किदा दर्जनौंको मृत्यु

Soldiers and volunteers work at the site of a train collision in the Ghotki district in southern Pakistan, Monday, June 7, 2021. Two express trains collided in southern Pakistan early Monday, killing dozens of passengers, authorities said, as rescuers and villagers worked to pull injured people and more bodies from the wreckage. (AP Photo/Waleed Saddique)


पाकिस्तानमा दुई रेल एक आपसमा ठोक्किदा कम्तिमा पनि ३० जनाको मृत्यु भएको छ । दुर्घटनामा ५० भन्दा बढी घाइते भएको पाकिस्तानी सञ्चारमाध्यमहरुले जनाएका छन्। सिन्ध प्रान्तको डहरकी नजिकै सर सैयद एक्सप्रेस र मिल्लत एक्सप्रेस एक अर्कासँग ठोक्किएका थुप्रै घाइते भएका छन् ।
पाकिस्तान रेलवेका प्रवक्ताका अनुसार मिल्लत एक्सप्रेस कराचीबाट सरगोधा र सर सैयद एक्सप्रेस रावलपिण्डीबाट कराची गइरहेको थियो।

दुर्घटनाका कारण मिल्लत एक्सप्रेसको आठ र सर सैयदको इन्जिनसमेत तीन डब्बा पटरीबाट बाहिरिएका थिए भने केही डब्बा खाडलमा पुगेका थिए। यो दुर्घटना घोटको नजिक डहर तर्फ र रेतीको रेलवे स्टेशनको बीचमा भएको थियो। गम्भीर रुपमा घाइते यात्रीलाई अस्पताल पठाइएको छ । यस्तै रेलभित्र फसेका यात्रीलाई निकाल्नका लागि बचाउ अभियान सुरु भइसकेको छ ।