जापानी ओलम्पिक अधिकारीले ट्रेन को प्लेटफार्मबाट हाम फालेर गरे आत्महत्या



जापानी ओलम्पिक कमिटीका एक उच्च पदका अधिकारीले टोकियोमा सोमबार एक ट्रेनको अगाडि हाम फालेर आत्महत्या गरेको एक स्थानीय रिपोर्टले जनाएको छ।
जापानको सोरा न्यूज २४ र प्रसारक निप्पन टेलिभिजनले रिपोर्ट गरे अनुसार लेखा विभागका प्रमुख ५२ वर्षीय याशुशी मोरिया बिहान ९:३० बजे प्लेटफार्मबाट हाम फालेर आत्महत्या गरेका थिए ।

मृतक को शरीर बाट उनको कामको आईडी कार्डबाट सव पहिचन भएको थियो। ओलम्पिक समितिका प्रतिनिधिले भने घटनाको बारेमा जानकारी संकलन गरिरहेको जानकारी दिएका थिए।