विश्वकप छनोट : नेपालले आज जोर्डनसँग खेल्दै



विश्वकप २०२२ र एसिया २०२३ को छनोट अन्तर्गत नेपालले आज जोर्डनसँग फुटबल खेल्दैछ । कुवेतमा भइरहेको छनोट अन्तर्गत समूह ‘बी’ मा नेपाल सातौं खेल्दै छ ।

खेल कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तर्राष्ट्रिय स्टेडियममा नेपाली समय अनुसार राति ९ः४५ बजे सुरु हुनेछ ।


नेपालले यसअघि चाइनिज ताइपेईलाई २–० ले पराजित गर्दै आत्मविश्वास बढाएको छ । एसिया कपको लागि सिधै तेस्रो चरणको छनोटमा पुग्नका लागि नेपाललाई आज जित आवश्यक छ ।
प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले जोर्डन बलियो टोली भएपनि जितकै लागि खेल्ने बताएका छन् । उनले आइतबारको प्रिक्याच कन्फ्रेन्समा हरेक खेल ०–० बाट सुरु हुने भन्दै जितकै लक्ष्य राखेर मैदान उत्रिने बताएका थिए ।