रोयुटा यमागाता द्वारा जापान को १०० मिटर स्प्रिन्टमा राष्ट्रिय रेकर्ड तोडियो



आइतवार पश्चिमी जापानको टोटोरी शहरमा भएको एक दौडमा प्रतियोगितमा रोयुटा यमागाता द्वारा जापान को १०० मिटर स्प्रिन्टमा राष्ट्रिय रेकर्ड तोडिएको छ । सो प्रतियोगितमा रोयुटा यमागाता ले ९ .९५ सेकेन्ड मा सो दौड पुरा गरेका हुन ।

यामगाता जापानको २०१६ ओलम्पिकको ४ x १०० मिटर रिले टीमको रजत पदक विजेता हुन जस्मा सदस्य थिए शोटा आईजुका, योशिहिदा किरियु र असुका क्याम्ब्रिज । १० सेकेन्ड भित्र १०० मिटर रन पुरा गर्ने उनी चौथो जापानी स्प्रिन्टर भए।