रुसलाई बेल्जियमले ३–० गोलले हराए



युरोकप फुटबलमा बेल्जियमले उत्कृष्ट सुरुआत गरेको छ । बेल्जियमले रुसलाई ३–० ले हराएको हो ।सेन्ट पिटर्सवर्गस्थित गाजप्रोम रंगशालामा घरेलु टोलीविरुद्ध जित दिलाउने क्रममा फरवार्ड रोमेलु लुकाकुको दुई गोल गरे ।
उनले खेलको १० औं मिनेटमै बेल्जियमलाई अग्रता दिलाए । ३४ मिनेटमा थोमस मुनियरले अग्रता दोब्बर पारे भने लुकाकुले ८८ औं मिनेटमा अर्को गोल गर्दै ३–० को जित दिलाए ।