नेतृत्व माथिको टिका टिप्पणी- पार्टीमाथिको ठूलो षडयन्त्र



– बासुदेव भट्टराई-

प्रजातन्त्र सहितको संबैधानिक राजसंस्था, धार्मिक स्वतन्त्रता सहितको हिन्दु राष्ट्र नेपाल र स्थानीय स्वायत्त शासन प्रणालीलाई मूल एजेण्डाका रुपमा अघि सार्दै संवर्धनवादको मार्ग चित्रबाट स्वाभिमान सहितको समृध्द नेपाल र स्वावलम्वी एवं सुखी नेपालीको सपना बोकेर अगाडि बढिरहेको राष्ट्रिय प्रजातन्त्र पार्टी भित्र पुनः देशी बिदेशी धमिराहरु सल्बलाएको देख्दा उदेक लागेर आउछ ।


देशका ठूला दलहरु बिशेषतः नेपाली कांग्रेस, नेकपा एमाले, माओवादीहरु लगायतबाट नेपाल देश र नेपाली जनताहरुलाई नुन देखाएर लौरो हान्ने प्रवृत्ति र व्यवहार बाहेक केही प्राप्त हुनेवाला छैन भन्ने छर्ल¨ भएको अवस्थामा अबको बैकल्पिक शक्ति राप्रपा नै हो भन्ने बुझेर देशी बिदेशी बिधर्मीहरु, पार्टी भित्र रहेर सिन्को नभाँच्ने तर अबसरका अवस्थामा सबै मै हुं भन्ने डंका फुक्दै सबै सेवा सुविधा हडप गर्र्नेे र फेरी के अलि स्वार्थ र अवसर कम भयो स्वयं एक भिमकाय प्रबृत्तिको द्योतक मै हुं भन्दै पार्टी भित्रका आन्तरिक कुरा देखि लिएर सानो मसिनो बिषयलाई उछाल्दै नेतृत्व वर्गमा लान्छना लगाउन कार्यालय नै खोलेर छिचिमिरा भैंm निस्किएका छन भाँडहरु ।

बिशेषतः भारतमा भएको बाह्र बुंदे राष्ट्रघाति सम्झौतामा देश बेच्न लालायित व्यक्तिहरु र यस्तोबेला त साथ देलान भनेका निकटतम साथिहरु समेत तिनै राष्ट्रघातिहरुको बाटोमा घाँटी जोडेर हिंडे पछि अब देशको अस्मिता रहदैन भन्ने ठम्याएर आम नेपाली जनताको भावना अनुसार राजसंस्था, हिन्दुराष्ट्र, स्थानीय स्वयत्त शासन प्रणाली लगायत अन्य साझा मुद्दा बोक्दा तँलाई टुडिखेलमा लगेर शुली चढाईन्छ भन्दा समेत ज्यानको पर्वाह नगरी जुन नेता एजेण्डामा अटल भई अलौकिक हिम्मत, आँट र बिश्वासका साथ हाल सम्मका सबैखाले अप्ठेरा परिस्थितिहरुमा निडर भएर अग्रपंक्तिमा रही पार्टी र पार्टीका नेता कार्यकर्तालाई हौसला, प्रेरणा र प्रोत्साहन दिदै आम नेपालीहरु समक्ष प्रस्तुत भयो त्यो नै आज एजेण्डा बेच्ने दलाल, मुसा प्रबृत्ति, हठी, निरंकुश, तानाशाह भयो ?

अचानक भएको अदृश्य वा अकल्पनिय परिवर्तनका कारण देशको राजनैतिक अवस्था जटिल भएर साम्यवादी वा समाजवादी कित्ता बाहेकको अरु बिकल्प छैन, यिनै दुई मध्ये एक कित्तामा उभिनु पर्ने अवस्था आयो भन्दै जनताले अलिकति मत कम दिएर पार्टी संगठन कमजोर के भएको थियो, पार्टीको नेतृत्व क्रमिक रुपमा दोश्रो पुस्तामा हस्तान्तरण गर्ने कुरा के आएको थियो, अपराधिक गूटहरुले देश सर्लक्क निल्ने प्रपन्च सहित सरकार परिवर्तनको कुरा के आएको थियो, अन्तराष्ट्रिय मन्च र समन्वयहरुमा नेपालकै तारा भएर परिपक्क नेताका रुपमा उदय हुन लागेको के थियो, चाहे पानीको फोहोरा खान होस वा प्रहरीको अश्रुग्याँस वा लाठी, अग्रपंक्तीमा रहेर ज्यान हत्केलामा राखी देशको लागि सडकबाटै आफुलाई आहुति दिन तैयार हुने नेताका रुपमा के पहिचान बनाएको थियो सबै सबै अवस्थामा कमल थापा माथि नै प्रहार ।

प्रसंग विव्दत्ता माथि पनि जोडौं, पहिले स्नातक, स्नातकोत्तर, पिएचडि पढ्नेहरुलाई विव्दान भनेर नामै सुनेर पनि सम्मान हुन्थ्यो किनकी उनिहरुले कतिपय बिषयहरुलाई बिष ठाने पनि रुद्रकण्ठी भित्रै लुकाएर आप्mनो शिक्षा र विव्दत्तालाई सम्मानित बनाएर राख्दथे । तर अब सबै पढेलेखेका छन, कसैको कुनैपनि अभिव्यक्ति प्रति परख र बिश्लेषण गरेर मात्र टिका टिप्पणी गर्दछन । त्यसैले अब मै मात्र पढे लेखेको, विव्दान, जान्ने सुन्ने अरु सबै पटमूर्ख भन्ने कुत्सित मनसायबाट सबै टाढा रहनु नै बेश हुनेछ ।

मैले नपाँउने भएपछि बिभिन्न सामाजिक संजाल प्रयोग गरेर होस वा संचार माध्यम प्रयोग गरेर होस, उसलाई पनि प्राप्त गर्न दिन्न भन्ने मूख्र्याई गर्दै दुधको साक्षि बिरालो बन्ने चेष्टाले झनै बिषवमन भएको आभाष भएको छ । पार्टी, संगठन, नीति, सिध्दान्त प्रति किंचित चासो होईन मै खाँउ, मै लाँउ…….म नभए भाँडमा जाओस संगठन, सिध्दान्त अनि पार्टी भन्नेहरु देखि उदेक लागेर आँउछ । हालको अबस्थामा अवस्था र परिस्थितिमा कमल थापाको तेजोवध गरेर यो पार्टीको एजेण्डा स्थापित गर्छु वा यो आन्दोलन सफल पार्छु भन्ने कसैले सोचेको छ भनें त्यसलाई दिवास्वप्नाका रुपमा ग्रहण गर्न सकिन्छ र यस्तो यदि भएमा देशी बिदेशीले क्षणभर मै हाम्रो आन्दोलन खरानी बनाउनेछन, आन्दोलनलाई गन्तव्यमा पुर्याउन अझै पनि आशा र भरोसाका केन्द्र हाल पनि उर्जाशील र जुझारु नीति प्रणेताबाट मात्र संभव रहन्छ ।

टिका टिप्पणी गर्नेहरु पार्टीको एजेण्डा प्रति समर्पित हुन् भने हाम्रा एजेण्डाहरुले सार्थकता पाँउदै गर्दा अनि यो नीतियुध्दले विजय प्राप्त गर्दै गर्दा अराजक र अपराधिकरण मात्रमा रमाएकाहरु एकाकार भै बिज्ञप्ती जारी गरिसकेको कुरालाई अत्यन्त गम्भिर रुपले बुझेर कसैको उक्साहटमा बमौसमि नारदमुनी हुंदै “भाई फुटे गँवार लुटे ” नबन्न र जवरजस्ती नेतृत्वलाई बिभाजितताको मानसिकता तर्पm नधकेल्न समेत म अनुरोध गर्न चाहन्छु । नेतृत्व दोश्रो पुस्तामा हस्तान्तरण गर्ने कुरामा म सतप्रतिसत सहमत छु तर त्यो कार्यान्वयन पूर्व हामी कति तैयारीमा छौं भन्ने तर्पm सावधान हुनु जरुरी छ । हुनत मेरो सोचाई गलत हुन सक्दछ तर नेपालको बैकल्पिक राष्ट्रवादी पार्टीको नेतृत्व लिंदै र दिंदै गर्दा अन्य धेरै कुरामा र बिशेष गरी तिन कुरामा ध्यान पुर्याउनु पर्दछ जस्तो लाग्दछ ।

प्रथमतः नेतृत्व लिने नेता यो देशका शसक्त पार्टीहरुका शिर्ष नेताहरु संगको साक्षात्कार, सामित्यता, उठवस, राष्ट्रिय राजनीति र समिक्षा, देश र नेपाली जनताको समुन्नत भविश्य प्रति चिन्तन आदि बिषयमा अत्यन्त नजिक रहेर बिश्लेषण, योजना, वहस र नीति निर्माण गर्ने क्षमता प्राप्त गरिसकेका हुनु पर्दछ, सिध्दान्त फरक भएपनि हिमचिम सुमधुर रहनु पर्दछ । दोश्रो, बिशेष गरी भारत, चिन, अमेरिका, बेलायत, अन्य पाश्चात्य मुलुक लगायतका विश्वका शक्तिशाली मुलुकहरुका राष्ट्रप्रमूख एवं बिशिष्ठ नेतृत्वहरु संगको चिनजान, आदान प्रदान एवं सम्बन्ध गाँसिएको हुनु पर्दछ र तेश्रो, पार्टी संचालन गर्न देश, विदेश, साथि, संगी, उद्यमी, व्यापारी लगायतबाट आर्थिक सहयोग प्राप्त गर्न सक्ने हैसियत निर्माण गरिसकेको हुनु पर्दछ ।

यसो भन्दैगर्दा यो क्षमता भएका नेतृत्व नभएको भन्न खोजिएको चांहि पटक्कै होईन । देश संचालनमा लामो बिरासत बोका र गर्व गर्न पाउने नेताहरु हुनुहुन्छ । त्यस्तै हाम्रो पार्टीको दोश्रो र तेश्रो पुस्तालाई उल्लेखित तिन बिषयमा परिपक्क गराउने, पहिचान, सामिप्यता, उठवस, परामर्स र छलफल गराउने राजनीति धर्म र दायित्व पहिलो पुस्ताका नेतृत्वको हो जुन कुरा पहिलो पुस्ताका नेतृत्वबाट हुनु पर्ने पहलकदमीको कमी रहेको या त दोश्रो पुस्ताका नेताहरु यी कुराहरुका बारेमा पहिलो पुस्तासंग अपेक्षा नगर्ने, नरुचाउने, विश्वास नगर्ने, मैमत्ता बन्नुका कारण हुन नसकिरहेको हो दुबै पुस्ताका नेताले यो बिषयलाई गम्भिरतापूर्वक ग्रहण गर्नु जरुरी रहेको छ ।

मौलिक धर्म, संस्कार, संस्कृति र परंपराको मुद्दा बोक्ने पार्टीका नेता कार्यकर्ताले गणतन्त्रवादीहरुको जस्तो बिधर्मी र अपराधिक मनोबृत्ति पालेर बिभिन्न वहानामा आप्mनो घरमा आगो लगाउने कार्य गर्नु हुंदैन । कसैले पनि हाम्रो नीति, सिध्दान्त र पार्टीलाई बिभिन्न वहाना बन्धक बनाएर उर्वरताको तेजोबध गर्दै गतिशुन्य बनाउनु हुंदैन । धेरै कुरा भन्दा पनि सर्पको खुट्टा सर्पले नै देख्दछ । त्यसैले पार्टीका नेतृत्व तह र बिशेष गरी त्रय अध्यक्षज्यूहरुले कोहीपनि अभिमन्यू बन्नु नपर्ने गरी तथ्यपरक बिश्लेषण र व्याख्या केवल सत्य र न्यायका दृष्टीबाट गरी बुध्दिमत्तापूर्ण ढंगले पार्टीलाई अगाडि बढाँउनु हुनेछ भन्ने पूर्ण विश्वास गर्दछौं । अस्तु ।

लेखक भट्टराइ राप्रपाका केन्द्रीय सदस्य हुनुहुन्छ ।