जोर्डनसँग नेपाल ३-० ले पराजित



एसियाली विश्वकप छनोटको समूह ‘बी’ मा नेपाल जोर्डनको हातबाट सोमबार ३–० ले पराजित भएको छ । सोमबार राति कुवेत सिटीमा भएको खेलमा नेपालमाथि जोर्डनले ३-० गोलको जित निकालेको हो। यो नतिजापछि नेपाल ६ अंकमै सीमित रहेर समूहको चौथो स्थानमा रह्यो । चिनियाँ ताइपेई भने शून्य अंकमा अन्तिम स्थानमा रहेको छ ।

जोर्डनको जितमा फैसनले दुई गोल गरे। उनले खेलको २३ पेनाल्टीमार्फत पहिलो गोल गरेका थिए।


त्यसअघि रोहित चन्दले जोर्डनका खेलाडीलाई लडाएपछि पेनाल्टी दिइएको थियो।

उनले खेलको ४८ मिनेटमा टिमको अग्रता दोब्बर पारे। उनले हानेको फ्रिकिक सिधैं जाली चुमेको थियो।

जोर्डनका लागि तेस्रो गोल अबोउ अल अरबले गरे। उनले खेलको ६७ मिनेटमा गोल गरेका थिए।
नेपाली गोलरक्षक तथा कप्तान किरणले खेलका क्रममा केही उत्कृष्ट बचाउ गरे । यसले जोर्डनलाई थप गोल गर्नबाट रोकेको थियो ।