फिजीकरणको बाटोमा नेपालको राजनीति



दिपक भट्टराई ।
आज हामी विभिन्न संकटहरुको सामाना गरीरहेका छौ । विश्व नै आज कोरोना महामारीबाट लडी रहेको छ ।हामी नेपाली जनता समेत यस महामारीबाट अछुतो रहन सकेका छैनौ । तमाम नेपाली जनताहरु औषधी तथा अक्सिजन नपाएर छटपटी छटपटी आप्mनो मृत्युबरण गर्न बाध्य छौ । यस्तो कोरोना माहामारीका विच राजनैतिक खिचातानीबाट देशमा एकपछि अर्को गर्दै संकटहरु श्रृजना भइरहेकाछन । जनताहरु भोक, रोग र सोकले विछिप्त बनिरहेका अबस्थामा राजनैतिक दलहरु सरकार गिराउने र बनाउने फोरी खेलमा लम्पसार परि रहेकाछन । यो महामारीमा सबै शक्तिहरु एकजुट भएर राष्टिय संकटको सामाना गर्नु पर्ने अबस्थामा सरकार सत्ता टिकाउन र कुर्सी जोगाउनकालागी एकोहोरो भए र लागेको देखिन्छ । देश सत्ताको खेलले गर्दा दिनप्रतिदिन राष्ट संकटग्रस्त हुदै गई रहेको छ । यसमा सरकार पक्ष र अन्य कुनै राजनैतिक दलहरुबाट समेत कुनै चासोको विषय बनेको देखिदैन । यो राजनैतीक फोरी खेलको कारणले राष्टनै संकटमा पर्ने त हैन भनी आम जनसमुदायहरुको चासो र चिन्ताको विषय बनेकोछ
सरकार एक पछि अको गर्दै आफु अनुकुल हुने खालको अध्यादेश जारी गरि आप्mनो सत्ता टिकाउन र बचाउनकालागी रहेको देखिन्छ । राज्य संकटमा पर्दै जाने सरकार आप्mनो सत्ता टिकाउनकालागी कसैलाई खुसी पार्दै जाने र कसैको एसमेन बन्ने ध्यावन्मा देखिन्छ । सरकारले राष्टिय मुद्धा तथा राष्टियतासंग जोडिएका विषयहरुलाई असंबैधानीक तवरबाट अध्यादेश ल्याएर एकपक्षलाई खुशी बनाउन खोजेको देखिन्छ, क्षेणिक खुसी र स्वार्थकालागी यसरी ल्याएको वा जारि भएको अध्यदेशबाट राष्टमा दुरगामी रुपमा पार्ने असरको बारेमा सरकार वा सम्बन्धित पक्षबाट ध्यान दिएकोे देखिदैन यस्तो विषयमा सरोकारवाला निकायको ध्यानजानु जरुरी हुन्छ ।जुन पक्षबाट भएपनी यसरी अध्यादेश जारी गर्नु राष्टको हित विपरित हुने हुदा कुर्सी जोगाउनकालागी जे गर्दा पनि हुने रहेछ भन्ने नजिर स्थापना हुने देखिन्छ र यस्तो प्रकारले ल्यायको अध्यादेश क्षणिक न्यानोकालागी मात्र हुन्छ । यो वा यस्ताखालका अध्यादेशहरु सरकारबाट जारीहुनु राष्टकालागी फाईदा जनक छैन । यसरी जो जस्ले सरकारको नेतृत्व गर्छ उसले नै आफुललाई सहज हुने र आफु अनुकुलको अध्ययादेश ल्याएर सत्ता संचालन गर्ने हो भने लाखौ नेपाली जनताको रगत र पसिनाबाट आर्जित, हजारौको बलिदानबाट प्राप्त उपलब्धिलाई क्षणिक केहि नेताहरुको स्वार्थकोलागी तिलान्जली दिने हो भने जनताको रगत र पसिनाबाट तयार गरेको संविधान आवाश्यक किन ? ऐन कानुन किन ? संसद किन ? यो प्रश्न नेपाली जनतामा अनुत्तरित भएर रहिरहेको छ ।
विगत ३ बर्षदेखि संसदमा विचारधिन तथा छलफलकै क्रममा रहेको नागरिकता विधेकलाई चोरबाटबाट राष्टिय हित विपरित संविधानको मर्म र भावनालाई आगाध पुग्ने गरि असंबैधानीकरुपमा संसदलाई छलेर अध्यादेश ल्याएको देखिन्छ । अध्यादेश राम्रैकालागी होला तर संसद विगठन गरेर ल्याएको अध्यादेशले राष्टको हित गर्छ कि गर्दैन भन्ने आम जनमानसमा प्रस्न चिन्न खडाभएकोछ । संसदमा पेशभएको विधेकलाई आफै विरोध गरेर पास हुन नदिने र सरकार जोगाउनकालागी जे पनि गर्ने जुन प्रकारको प्रबृती छ यसमा केहि न केहि जोडिएको छ भन्नेमा दुई मत छैन । यस नागरिकता सम्बन्ति अध्यादेश २०७८ बाट राष्टलाई ठुलो घाटा देखिन्छ । यो राष्टियतासंग जोडिएको विषय भएको हुदाँ यसले कसैलाई फईदा गर्ने देखिदैन । नागरिकता कुनै जन्मदिनमा बाडिने चकलेट हैन । पसलमा राखेर विक्रि गरिने मोबाईलको रिचार्जकार्ड हैन । नागरिकता भनेको जन्मदिने आमाको अस्मितासंग जोडिएकोहुन्छ । राष्ट र राष्टियतासंग जोडिएको हुन्छ । यदि जो जस्लाई मनलाग्यो उसैलाई नागरिकता दिने हो भने कहाँ रहन्छ देश र कहाँ रहन्छ राष्टियता । नेपालमा खुल्ला सिमानाका कारणले राष्टियतामाथीनै संकट पैदा हुदै गई रहेको अबस्थामा यो नागरिकता सम्बध्ति अध्यादेशले झन राष्टमाथै संकट पैदा गरिदिएकोछ । अध्यदेशमा भए गरेको ब्यबस्थानुसार अंगिकृतलाई नागरिकता दिने हो भने यहाँ लाखौ भारतियहरुले नागरिकता लिनेछन र देशमा हुने दुईओटा संसदिय निर्बाचन पछि नेपाल फिजीकरण भएर जानेछ । अंगिकृत नागरिकता आयतितलाई दिने हो भने सबै तराईबासी नेपाली जनताहरु मतदान गर्ने मतदातामा मात्र सिमित हुन्छन र अंगिकृत नागरिकतावालाले शासन सत्ता संचालन गर्छन । नेपाली जनताले उत्पिडन सहेर बस्नुपर्ने हुन्छ र यो अध्यादेशबाट नेपाली जनताको हित कहिले पनि हुनेछैन र गर्दैन । विश्वको राजनैतिक परिवेश र नागरिकता सम्बन्धि परिघटनाहरुलाई हेर्ने हो भने यो कुरा प्रस्ट नै देखिन्छ । यो नागरिकता सम्बन्धि समस्याहरु बास्तविक मधेशी जनतामा नेताहरुले भनेजस्तो धेरै समस्या भए संसदबाटनै समस्याको समाधन गर्न सकिन्थ्यो किन चोरबाटोबाट अध्यादेश ल्याउनुपथ्र्यो । यो कुरा इतिहाले नै बताउला । यो मधेशबासी जनताको माग नै हैन यो केवल अंगिकृत नागरिकता बाडेर आयतित मतदाता कायम गरि तराईमा मतदाता संख्याको आधारमा निर्बाचन क्षेत्र कायम गरि फिजी बनाउने रणनितिक अभ्यास गर्ने पात्रहरुकोे संस्करण मात्र हो । भारतले फिजिमा जसरी आफ्नो प्रभुत्व जमाएर शासन सत्ता संचालन गरी त्यहाँ का आदिबासी जनताहरुलाई विस्पतापित गर्ने काम गर्यो यो नागरिकता विधेकले नेपाली जनतालाई त्यसरीनै विस्तापित गर्नेछ । यसमा भारतिय विस्ताबादको चलखेलबाट नै प्रमाणित भई सकेकोछ । यो नै फिजिकरण बनाउने कार्य योजनाको संस्करणहो भन्दा कुनै फरक नपर्ला यसमा हामी नेपाली जनता सचेत हुनै पर्छ ।
फिजीले सन १८६० को दशकमा युरोपमा बस्ने युरोपेलीहरुकालागी अमेरीकामा भएको गृहयुद्धले कपासमा भएको मुल्यबृद्धिलाई बढवा दिनकालागी कपासको खेतीसंचालन गर्न बृक्षारोपणको अभियान चलाइयोे, कपासको बृक्षारोपण गर्ने क्रममा युरोपियन र फिजियनहरुको विचमा भुमी र राजनैतिक शक्ति विचमा विवाद उत्पन्न भयो र त्यहाँ कामगर्नकालागी कामदारका रुपमा ल्याइएको अन्य टापुहरुका मजदुरहरुमा समस्या उत्पन्न भई विस्तापित नै हुनु पर्यो । फिजीमा हिंसात्मक दन्द्धहरुको सुरुवात भयो र फिजीयन समाजमा अस्थिरता पैदाभयो । फिजीका आदिबासी जनताहरु आन्तरिक दन्द्धकाकारणले विस्तापित भए । फिजीको आन्तरिक गुडबन्धी र युरोपियन सरकारको हस्तक्षेबबाट बर्बाद हुदै गयो । सन १८७४ मा फिजी बेलायती ताज उपनिवेश बन्यो । सर गार्डेन गभर्नरको रुपमा नियुक्त भए । सर गर्डेनले आर्थिक विकाशकोलागी प्रोत्साहन गर्न उखुखेती र प्रशोधन कारखानाकालागी भारतिय मजदुरहरुकालागी स्थान दिए । सन १९१६ मा भारतबाट केहि मजदुरहरु ल्याइएको थियो । त्यहाँको जातिय दन्द्ध र निरन्तर राजनैतिक खिचातानीको कारणले दिन प्रतिदिन भारतिय आन्दोलनले हडतालहरु र असन्तुष्टी पैदा गर्दैलगे । फिजिमा सन १९७७ मा भारतको दबाबमा भारतिय मुलका नागरिकहरुलाइ नागरिता दिने निर्णय गरियो । सन १९८७ देखि सन १९९० सम्म फिजि संविधान बिहिन अवस्थामा रह्यो । यो सबैधानिक सँकटको फाइदा उठाएर भारतले उक्त समयमा फिजिमा रहेका सबै भारत मुलका नागरिकलाइ नागरिता दिनु पर्ने दबाब अनुसार फिजिमा जन्मेका जुन सुकै भारतिय नागरिकले नागरिता पाउन सक्ने सबिधानको धारा ३२० मा फिजिको सबिधानमा लेखियो ।
१९८१ मा ५८८ को सङ्ख्यामा रहेका भारतियहरु सन १९९६ सम्म आइपुग्दा ३ लाख ३९हजार भन्दा बढि भारतियहरुले भारतको गुरुयोजना र दवाबबाट नागरिकता प्राप्त गरे र स्थाई बसोबास गर्न थाले । त्यहाँको चुनाबमा समेत आफनो बचस्व कायम गर्दै लगे । मजदुरको रुपमा यसरी भित्रिएका नक्कलि नागरिताको आडमा भारतिय नागरिक महेन्द्र चौधरी चुनाबी मैदानमा उत्रीय र ७१ सिट रहेको फिजिको सँसदिय चुनाबमा ३७ सिट लिएर भारतिय नागरिक महेन्द्र चौधरी प्रधान्मन्त्री पदमा बिजय भए । करिब ११७२२ किलोमिटर टाडा रहेको फिजीमा समेत भारतियहरुले सत्ता कब्जा गरे र भारतियहरुले यसरी आप्mनो प्रभुत्व जमाउन सफल भए । फिजीको सामाजिक, आर्थिक, सास्कृतिक, भाषिक सबै क्षेत्रमा विस्ताबादी निती लागु गर्यो ।फिजीयन जनताले आफ्नो अस्तित्वको रक्षगर्न सकेनन् त्यहाँको राष्टियता नै संकटमा पर्यो ।
भारतको विस्तारबादी निती आज विगत लामो समय देखि नेपालमा राजनैतिक, सामाजीक, आर्थिक, भाषिक,सास्कृतिकरुपमा खुलमखुल्ला हस्तक्षेप गर्दै आफ्नो बर्चस्व सबैक्षेत्रमा कायम गर्दै आइरहेको छ । सन १९५० को सुगौली सन्धी जसरी आफ्नो पक्षमा गर्न सफल भयो त्यो बेला देखि नै आप्mने विस्तारबादी नीती लागु गर्दै नेपालको राष्टियता माथी नै प्रहार गरिरहेकोछ । नेपालमा संविधान सभाबाट संविधान जारी भएपछि झन पछि झन हस्तक्षेप बढेर गई रहेकोछ । यो वा त्यो बहानामा सरकार प्रमुखसंग भारतिय एजेन्टहरुले भेट्ने क्रम बढिरहेको देखिन्छ । नेपालमा भएका परिबर्तनका हरेक निर्णयहरु उसको अनुकुलता गराउन सफल हुदै गईरहेको भान नेपाली जनतामा पर्दै गईरहेको देखिन्छ । प्रधानमन्त्री ओली लगायतका कुनै पनि पाटीका नेताहरुले देशलाई फिजीहुनबाट जोगाउने छैनन् । उनिहरुले त विस्ताबादको पक्षपोषण गरी आफ्नो कुर्सी जोगाउने खेलमा देशलाई फिजीकरण गर्नकालागी संसदमा विचारधिन रहेको नागरिकता विधेक संसद विगठन गरि चोरबाटोबाट नागरिकता अध्यादेश लगेर राष्टपतीबाट प्रमाणित गरी राष्टपती जस्तो गरिमामय संस्थालाई हिलो छ्याप्नेकाम भएकोछ ।संसद विगठनगरि प्रधानमन्त्रीले मध्यावधी चुनाब गर्ने घोषणा केवल संस्ता लम्याउने खेलमात्र देखिन्छ । यो महामरीमा देशले आर्थिक संकट ब्यहोरी रहेको अबस्थामा चुनाब कति सम्भवछ भन्ने कुरा स्वयम प्रधानमन्त्रीज्यु जानकार नै हुनुहुन्छ । यस बाट के स्पस्ट हुन्छ भने प्रधानमन्त्री के.पी शर्मा ओली ज्युले चुनाब चाहेकै हैन, चुनाब त एउटा पद्धतीकालागी मात्र हुने हो, पदकालागी हुने हो, राजनैतीक संस्कारकालागी हुने हैन , चुनाबबाट विश्वमा कुनै पनि परिबर्त हुनसकेका छैन चुनाबबाट त केवल तानासाहाहरुको मात्र जन्म भएकोछ । त्यस्ैले यो नागरिकता अध्यादेश जसरी ल्याएकोछ त्यो गलत मनसायबाट आएको देखिन्छ । यसले देशलाई कालान्तरमा गम्भिर संकट पैदा गर्छ र देश फिजीकरणको दुस्चक्रमा पस्छ । फिजीमा जसरीनै अंगिकृत नागरिकधारीहरुले सत्ताकब्जा गर्नेछन र देश फिजीकरण हुदै सिकिमीकरणको दलदलमा फस्ने छ र देशको स्वाधिनता र अस्तित्वनै संकटमा पर्ने देखिन्छ । त्यसैले फिजीकरणको संस्करणबाट बेलैमा सचेत हौ । जय देश, जय राष्ट ।
स्वतन्त्र लेखक