चिनियाँ सेनाको सम्पर्कमा रहेको रेडफक्सट्रोटले भारत लगायतका देशमा साइबर आक्रमण गर्दै आएको दाबी



सन् २०१४ देखि चिनियाँ सेनाको सम्पर्कमा रहेको रेडफक्सट्रोटले भारतलगायत अन्य देशका हवाई, रक्षा, दूरसञ्चार,खानी र अनुसन्धान क्षेत्रलाई आफ्नो आक्रमणको निशाना बनाउँदै आएको देखिएको छ ।

भारतका अतिरिक्त अफगानिस्तान, कजाख्स्तान, किर्गिस्तान, पाकिस्तान,ताजिकिस्तान र उज्बेकिस्तानमा रेडफक्सट्रोटले आक्रमण गरेको छ ।


यो चिनियाँ सेनासँग जोडिएको छ । यो पीएलए युनिट ६९०१०को रूपमा रहेको बुझिएको छ ।

गुप्तचर सुरक्षा सम्बन्धी सेवा दिने विश्वको सबै भन्दा ठूलो सेवा प्रदायक कम्पनी रेकर्डेड फ्युचरले साइबर जासुसी गतिविधिबारे गरेको जानकारीमा यो उल्लेख गरेको छ ।

चिनियाँ सरकारद्वारा यस्ता गतिविधि सञ्चालन गराउने समूह रेडफक्सट्रोटले रहेको रेकर्डेड फ्युचरको अनुसन्धान समूह इनस्सिक्ट ग्रुपले खुलाएको छ ।

इनसिक्ट ग्रुपले रेडफक्सट्रोटको सम्बन्ध चिनियाँ सेनासँग रहेको पहिचान गरेको छ । रेडफक्सट्रोटले साइबर आक्रमणका लागि ठूलो पूर्वाधारलाई व्यवस्थित गर्छ ।