डेनमार्क र आयरल्याण्डद्वारा स्वास्थ्य सामग्री सहयोग



काठमाडौँ । आयरल्याण्ड र डेनमार्कले नेपाललाई स्वास्थ्य सामग्री सहयोग गरेका छन् । शुक्रबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालस्थित इयूकी राजदूत नोना डेप्रेजले स्वास्थ्य सामग्री स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङलाई हस्तान्तरण गरेकी हुन् ।

आयरल्याण्डबाट अक्सिजन कन्सर्नट्रेटर ७२, ब्याप मेसिन १२, ४४ थान भेन्टिलेटर लगायतका सामग्री प्राप्त भएको छ । त्यसैगरी डेनमार्कले २६ थान भेन्टिलेटर, नजल अक्सिजन क्यानल्स ५० थान, भाइजर ९६०००, आइसोलेसन ग्राउन ९६००० र एफएफपी टु मास्क ९६०० थान सहयोग गरेको छ ।


कार्यक्रममा स्वास्थ्यमन्त्री तामाङले कोभिड नियन्त्रणका लागि मित्र राष्ट्रहरूले सहयोग गरेका स्वास्थ्य सामग्रीले कोभिडविरूद्ध लड्नका लागि सहयोग गर्ने बताए ।