गोर्खा सिमेट्रिज ट्रष्टद्वारा प्रदेश दुई सरकारलाई ६ थान भेन्टिलेटर सहयोग



जनकपुरधाम । गोर्खा सिमेट्रिज ट्रष्टले कोरोना संक्रमितहरुको उपचारका लागी प्रदेश दुई सरकारलाई ६ थान पोर्टेबल भेन्टिलेटर सहयोग गरेको छ । संस्थाका प्रतिनिधिहरुले सोमबार मुख्यमन्त्री लालबाबु राउतलाई भेन्टिलेटर हस्तान्तरण गरेका हुन् ।

हस्तान्तरण गरिएको भेन्टिलेटरहरुमा ३ थान नारायणी उपक्षेत्रीय अस्पताल वीरगंज र ३ थान प्रादेशिक अस्पताल जनकपुरमा उपलब्ध गराइने छ । प्रथम तथा द्रोश्रो विश्व युद्धमा सहभागी भएका गोर्खाली सेनाहरुको स्मरणमा स्थापना भएको गोर्खा सिमेट्रिज ट्रष्ट समाजिक सेवाका क्षेत्रमा विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।