थप २०१६ जनामा संक्रमण पुष्टि, ४९१४ संक्रमणमुक्त



नेपालमा थप २,०१६ जनामा कोरोनाभाइरस सङ्क्रमण भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बताएको छ।

पछिल्लो २४ घण्टामा ९ हजार ८१० जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयको तथ्याङ्क छ। तीमध्ये ४ हजार ८०६ परीक्षण एन्टिजन विधिबाट गरिएको हो।


कुल परीक्षणको २०.५ प्रतिशतमा सङ्क्रमण देखिएको हो।

सो अवधिमा ४ हजार ९१४ जना सङ्क्रमणमुक्त भएका छन्। यस सँगै निको भएका सङ्क्रमित झन्डै ९२ प्रतिशत पुगेका छन्।

पछिल्लो २४ घण्टामा देशभर गरी ३० जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै कोरोना भाइरसको संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या ८ हजार ९ सय ७५ पुगेको छ।