काँग्रेस अधिवेशन साउन १२ देखि सुरु हुने

sf7df8f}F # c;f/ M g]kfnL sfFu|]; kf6L{ s]lGb|o sfof{no nlntk'/sf] ;fg]kfdf laxLaf/ a;]sf] s]lGb|o sfof{;ldltsf] a}7s . tl:a/ M /f]zg ;fksf]6f÷/f;;


नेपाली काँग्रेसको तल्लो तहको अधिवेशन आगामी साउन १२ गतेदेखि हुने भएको छ । यसअघि काँग्रेसको शनिबार सम्पन्न पदाधिकारी बैठकले साउन ६ गतेदेखि वडा तहबाट अधिवेशन थाल्ने प्रस्तावलाई संशोधन गरि बिहीबार बसेको केन्द्रीय समिति बैठकले वडा अधिवेशन साउन १२ गतेका लागि तय गरेको हो ।  काँग्रेसले आगामी भदौ १६ देखि १९ गतेसम्म १४ औं महाधिवेशन गर्ने भएको हो । भदौ १६ को महाधिवेशनलाई लक्षित गरी वडा अधिवेशन साउन १२ गतेबाट वडा अधिवेशन गरिने छ ।

गाउँ र नगरपालिका अधिवेशन साउन १६ गते हुनेछ । प्रदेश निर्वाचन क्षेत्रको क्षेत्रीय अधिवेशन साउन २० गते हुनेछ । यस्तै काँग्रेसले प्रतिनिधिसभा निर्वाचन क्षेत्रअन्तर्गतका क्षेत्रीय अधिवेशनहरू साउन २३ गते गर्ने गरी कार्यतालिका बनाएको छ ।


एउटा मात्रै निर्वाचन क्षेत्र रहेका जिल्लाहरुको जिल्ला अधिवेशन एक प्रतिनिधिसभा क्षेत्र भएका जिल्लाहरुको अधिवेशन पनि साउन २६ मै हुने छन् । एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लाहरुको जिल्ला अधिवेशन साउन २६ गते हुनेछ । प्रदेश समितिहरूको अधिवेशन  भने २०७८ भदौ १ र २ गते हुनेछ ।