वर्तमान सरकारको विकल्प छैन : महासचिव गुरुङ



काठमाडाैं। नेकपा(माओवादी केन्द्र)का महासचिव देव गुरुङले अहिलेको अवस्थामा वर्तमान सरकारको बिकल्प नभएको बताएका छन्।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा गुरुङले मुलुकको बिकास र समृद्धिका लागि वर्तमान सरकारको ध्यान केन्द्रीत भएको भन्दै यसको बिकल्प नभएको बताएका हुन्। उनले सापेक्षित रुपमा वर्तमान सरकार लामो समय टिक्ने बताए।


सरकारमा रहेका घटकहरु न्यूनतम साझा कार्यक्रम र एजेण्डामा दृढताका साथ अघि बढ्दासम्म सरकारमा कुनै समस्या नहुने उनको भनाइ छ। राष्ट्रिय स्वाधिनताका साथै देश र जनतालाइ हितमा राख्दै सरकारले काम गरिरहेको उनले बताए। गुरुङले राष्ट्रियता र जनताको मुद्धाहरुमा कम्युनिष्टहरु दृढ रहेको जनाए।

त्यस्तै महासचिव गुरुङले नेपालको समृद्धिका लागि आन्तरिक स्रोत साधन नै मुख्य कुरा भएपनि बाह्य पूँजीको पनि भूमिका महत्पवपूर्ण रहेकाले लगानी सम्मेलनले विदेशी पूँजी भित्राउन प्रोत्साहित गरेको बताए।