शान्ति सैनिक योगदान गर्ने राष्ट्रहरुको सूचीमा नेपाल तेस्रो स्थानमा



नेपाल संयुक्त राष्ट्रसंघमा शान्ति सैनिक योगदान गर्ने राष्ट्रहरुको सूचीमा तेस्रो स्थानमा रहन सफल भएको छ । नेपाली सेनाका प्रवक्ता सन्तोष बल्लभ पौडेलका अनुसार कूल ५ हजार ६८६ फौजसहित नेपाल तेस्रो स्थानमा रहन सफल भएको हो ।

शान्ति मिशनमा योगदान गर्ने मुलुकको सूचीमा बंगलादेश पहिलो राष्ट्र हो । दोस्रोमा इथियोपिया, तेस्रोमा नेपाल र चौंथोमा रुवान्डा र पाँचौंमा भारत छन् ।