उपराष्ट्रपतिमा जसपा नेतृ प्रमिला यादवको उम्मेदवारी दर्ता



काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा) नेतृ प्रमिला यादवले उपराष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गराएकी छन् । उनलाई सत्ता गठबन्धनमा आबद्ध दलको समर्थन रहेको छ । गठबन्धका दलको प्रस्ताव र समर्थनमा उनले उम्मेदवारी दर्ता गराएकी हुन् ।

आज नै उम्मेदवारविरुद्ध उजुरी दिन सकिने छ । यसका लागि २ देखि ३ बजेसम्मको समय तोकिएको छ । २८ गते उजुरीउपर जाँचबुझ गरि निर्णय लिइने निर्वाचन आयोगले जनाएको छ । सोही दिन उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यसूची छ ।


२८ गते नै उमेदवारले नाम फिर्ता लिने र सोही दिन अन्तिम नामावली प्रकाशन गर्ने कार्यसूची रहेको कार्यतालिकामा उल्लेख छ । चैत ३ गते मतदान हुनेछ । मतदान बिहान १० बजेदखि दिउँसो ३ बजेसम्म हुने आयोगले जनाएको छ ।