बागीले उम्मेदवारी फिर्ता नलिए पार्टीबाट निष्कासन गर्ने सत्ता गठबन्धनको निर्णय



काठमाडौँ । सत्ता गठबन्धनले बागी उम्मेदवारहरूलाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको हो ।

बैठकपछि गठबन्धन दलका शीर्ष नेताहरुद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा भनिएको छ, ‘बागी उम्मेदवारहरुले समयमै उम्मेदवारी फिर्ता गर्नुहोला। असोज २६ गतेको १ बजेसम्म फिर्ता नलिए पार्टीबाट निस्कासन गरिनेछ।’