काठमाडौँ । तनहुँ क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध कांग्रेस नेता एवं पूर्वगृहमन्त्री गोविन्दराज जोशीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । आइतबार दिउँसो आफ्ना समर्थकहरुको जुलुससहित निर्वाचन कार्यालय पुगेर जोशीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।
२०७४ को आमनिर्वाचनमा वाम गठबन्धनबाट एमाले उम्मेदवार किसान श्रेष्ठसँग वरिष्ठ नेता पौडेल पराजित भएका थिए । त्यसबेला पनि जोशीले पौडेलविरुद्ध उम्मेदवारी दिएका थिए ।