गोरखा-२ मा माओवादी अध्यक्ष प्रचण्डको उम्मेदवारी दर्ता



गोरखा । नेकपा (माओवादी कन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

आइतबार दिउँसो मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर अध्यक्ष प्रचण्डले उम्मेदवारी दर्ता गराएका हुन् । उम्मेदवारी दर्ता गर्न जाँदा अध्यक्ष प्रचण्डसँग पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, नेता नारायणकाजी श्रेष्ठ लगायत नेता कार्यकर्ता उपस्थित थिए ।